Timur Plant | Timur Farming In Nepal| Sichuan Pepper

Timur Plant | Timur Farming In Nepal| Sichuan Pepper

Product Code:20445442
Availability:In Stock
  • NPR 300.00

  • Ex Tax: NPR 300.00

टिमुर खेति परिचय (Timur)
टिमुरको बिरुवा चाहियेमा प्लान्टनेपालमा सम्पर्ग गर्नुहोला।नर्सरीले पनि सम्पर्ग गर्नसक्नु हुन्छ।बिरुवाहरु होलसेल मूल्यमा उपलब्द छन् ।

बिश्व बजारमा निकै नै माग रहेको टिमुरको खेति किन गर्न जरुरि छ ?
समुद्र सतहबाट १००० मीटर माथि देखि 2500 मीटर सम्म खेति गर्न सकिने टिमुको खेति गर्न सकिए राम्रो आम्दानी लिन सकिन्छ।नेपाली बजारमा प्रति केजी २००० सम्म पर्छ।यसको खेति नेपालमा मद्द्य पहाड र पहाड तिर गरिएको छ।नेपालमा टिमुर धेरै उत्पादन गर्ने ठाउँ सोलुखुम्बु र सुर्खेत पर्दछ।

टिमुर फल्न कति समय लाग्छ ?
बिरुवा लगाएको 3-४ वर्ष देखि उत्पादन दिन सुरु हुन्छ।

टिमुरको फाइदाहरु !
टिमुरले दाँत दुखाइ, सामान्य चिसो, खोकी र ज्वरो जस्ता विभिन्न सामान्य रोगहरूको उपचार गर्न प्रयोग गर्दछ किनकि यसले शरीरलाई न्यानोपन दिन्छ। मसलाको लागि हरेक खाने कुराहरुमा हाल्न सकिन्छ .संसारले नै यसको प्रयोग खानेकुरामा मसलाको रुपको प्रयोग गर्दै आएको छ।

लगाउने बिधि
>>1 फीट गोलाइ खन्ने अनि 1 फीट गहिराई खन्ने
>>>१ महिना अगाडी मल र माटो मिसाएर खाल्टो पुरिदिने अनि १ महिना पछि बिरुवा लगाउने
>>मल प्रयोग गर्दा ६ महिना पुरानो या १ वर्ष पुरानो कमपोस्ट मल प्रयोग गर्नुपर्छ।

बिरुवाको दुरी कति चाइने ?
टिमुरको खेति गर्दा 2-2 मीटरको दुरिमा या 3-3 मीटरको दुरिमा लगाउदा राम्रो हुन्छ।

टिमुरको लागि कति माटो को Ph value कति चिइने ?
टिमुर खेति को लागि 5.५ देखि ७ को Ph value चाइनछ।

टिमुर लगाउदा कस्तो माटो चाइनछ ?
टिमुर खेति को लागि ऒसिलो माटो राम्रो हुन्छ।

टिमुर खेति गर्दा पानि कति लाउनुपर्छ ?
टिमुरलाइ पानि सुरुमा प्रसस्त चाइने र पछि पानि तेती चाइदैन।

टिमुरको एउटाबोटले कति वर्ष सम्म आम्दानी दिन्छ ?
एक पल्ट बिरुवा लगाएपछि 25-40 वर्ष सम्म आम्दानी दिन्छ।

टिमुर कुन महिनामा लगाउन सकिन्छ ?
टिमुर खेतिको लागि माघ महिना देखि असार महिना सम्म लगाउदा राम्रो हुन्छ।

तुसारो पर्ने ठाउमा हुन्छ कि हुदैन ?
हुन्छ ।

पानि जम्ने ठाउँ मा हुन्छ कि हुदैन ?
हुदैन ।

टिमुर २ किसिम को हुन्छ
1.बोके
2.सिल

नेपालमा २ किसिमको नै टिमुरको उत्पादन भएको पाइनछ.धेरै जसो बोके टिमुरको खपत भइरहेको छ ।
येदि तपाईको बाजो जमिन छ भने आजै खेति गर्न सुरु गर्नुहोस।आउनुहोस हामी सबै मिलेर देशमा कृषि क्रान्ति गरौ र हाम्रो देशलाई आत्मनिर्मल बनाउ।

नर्सरी विधि :

नर्सरीका लागि उपयुक्त ठाउँ छनौट गरी जग्गा तयार गरिन्छ । ब्याडहरू पूर्व पश्चिम लम्बाइ भएको वनाउन सकेमा छहारीको प्रयोग बढी प्रभावकारी हुन्छ ।

ब्याडको उचाइ सामान्यतया १५ से.मि.र चौडाइ१ मिटर र लम्बाइ जति पनि राख्न सकिन्छ । त्यसैले बीउ रोप्नुअघि बीउलाई तातो पानीमा २४ घण्टासम्मडुबाई राखेर रोप्दा राम्रो हुन्छ । बीउ रोप्दा १० से.मिको फरकमा लाइन मिलाएर रोप्नु पर्दछ ।

बीउलाईब्याडमा रोपिसकेपछि धूलो माटोले हलुकासँग छोपिदिनु पर्दछ । त्यसपछि व्याडलाई छ्वाली वा पराललेपातलो गरी छोपिदिनु पर्दछ । व्याडमा बेर्ना उम्रिन थालेपछि छ्वाली वा पराललाई हटाई दिनु पर्दछ । र अर्को ६० से.मी. जति अग्लो छाप्रोको छहारी दिनु पर्दछ । प्लास्टिकका थैलाहरूमा पनि बिरुवा उमार्नसकिन्छ ।

सामान्यतया एक वर्ष भएको बिरुवा रोप्नको लागि राम्रो मानिन्छ तर पनि बिरुवा १५ से.मिजति अग्लो भएपछि तयारी जग्गामा रोप्न सकिन्छ ।

टिमुर खेती गर्ने तरिका >>>>>>>>https://bit.ly/3eeb7A1 (Video)
Tips for Timur Farming >>>>>https://bit.ly/3eeb7A1 (Video)

टिम्मुर खेती गर्ने तरिका >>>>>>>>https://bit.ly/3eeb7A1(Video)

नेपालको किसानलाई प्रोत्सान गरौ बाजो जमिनमा तरकारी,फलफुलको बिरुवा लगाउ विदेशबाट आउने तरकारी फलफुलहरु अब बन्द गरौ ।

Write a review

Note: HTML is not translated!
    Bad           Good

Tags: timur, timur plant in nepal, buy timur plant in nepal, sichuan pepper